व्याक्तिगत सामाजीक कार्य

लिम्बू समुदायाको परिवारमा कसैको मृत्यु भएमा उक्त मृत्यु हुने व्यक्तिको नाममा सार्वजनिक स्थानहरूमा पाटी पौवा चौतारा खानेपानी धारा आदि बनाउने प्रचलन सदियौ अघि देखि रहेको पाईन्छ । थेवे वंशमा पनि प्राय सवै परिवारले यो चलन लाई अंगिकार गरेको पाईन्छ । अहिले पनि आफ्नो गच्छे अनुसारको यस्ता सामाजिक कार्यहरू प्राय सवै परिवारले गरेको देख्न पाईन्छ । यस खण्डमा भने थेवे परिवार का विशेष व्याक्ति हरू वाट सामाजिक कार्य अन्तर्गत सम्पन्न गरिएका निक्कै ठूला सामाजीक कार्यहरूलाई मात्र उल्लेेख गरिएको छ ।

व्याक्तिगत रूपमै सामाजीक कार्य गर्ने थेवेहरू तथा उनका कार्यहरूः

  • ३१ - मेहरमान (१९०१-१९७७)
    यिनले वर्तमान सिनाम गाविसको पंचमी र मिश्रटार बीच कावेली खोलामा अन्दाजी १२५ मिटर लामो फलामे लट्ठा र फलामकै सस्पेन्डर र काठको डेकिङ भएको झोलुङ्गे पुलको विसं १९६१ वैशाख २ गते निर्माण कार्य सम्पन्न गरेका थिए । यसका साथै हाल पंचमी बजार लाग्ने ठाँउमा झिंगटीको छाना भएको दुईतले धर्मशाला पाटी समेत बनाएर यसका वरीपरीका १० मुरी जति उब्जा हुने खेत पुल र पाटीको मर्मत सम्भारको लागी गुठी भनि छुट्याईदिएका थिए ।
    पुलको सिनाम पट्टीको जिपमा राखिएको शिलालेखमा लेखिए अनुसार यो पुलको मर्मत सम्भार १९७१, १९८१/१/२० र २०१४ जेठ महिनामा भएको देखिन्छ ।

  • ३० - बक्तु (१९०६-१९७९)
    बाक्तुले आफ्नो जीवनकालमा हाल आम्बेदेन गाविसको बुङ्गुवामुनी पेनेवा जाने बाटो काबेली खोलामा फलामे झोलुङ्गे पुल बनाएका थिए ।

  • ३३ - चितराज/साँघुबोटे
    आम्बेदेन र तेल्लोक बीच हप्पुखोलामा साथै साधु गुफा र थर्पु खमारे बीच ईवा खोलामा फलामे झोलुङ्गे पुल बनाएका थिए ।

  • ३२ - सुब्बा नरध्वज (१९२२-१९९६)
    यिनले पनि आफ्ना बाबुले जस्तै धर्मको लागि साप्लाखु गाविसको मलेते र थर्पु मलवासेको वीच ईवा खोलामा फलामको लट्ठा भएको झोलुङ्गे पुल बनाएका थिए । यो पुल अन्दाजी ६० मिटर जति लामो छ ।

  • ३२ - मनबहादुर/कान्छा महाजन (ठूलोघर) (१९४१-२०१४)
    यिनी अति धार्मिक प्रवृत्तिका व्याक्ति थिए । यिनले आमा तिलीहाङ्माको मृत्यु पछ स्वर्गीय आमाको नाममा वि.सं. १९८४ तिर ताप्लेजुङ् सदरमुकामको कैदि गृहमा बन्दिहरुले पिउनको लागि साधु गुरुङको घर मास्तिर कुनाको कुवाबाट जेलखानसम्म अन्दाजी ५०० मिटर टाढा सम्म फलामको पाईप विछ्याई खाने पानीको आपुर्ति गरिदिएका थिए ।

  • ३४ - प्र.प. ईन्द्रबहादुर (१९९१-)
    यिनले आफ्नो नीजि खर्चमा थुम्मेदेन गाविसको हिरुवादेन र सिनाम ल्याङवा वीचको सोसुङगा खोलामा करिब ४० मिटर लामो फलामे झोलुङ्गे पुल बनाएका थिए ।