थेवे वंशको स्थापना
शान मोकुवानी दश सोब्बाले लिम्बूवानका आठ राजका विरुद्ध विद्रोह गरी सम्झौता भएपटि लिम्बूवानमा दशगढी बनाई
राज्य गरेको ई पु १३०० भन्दा पछि हुनु पर्ने देखिन्छ । यो भन्दा अगाडी नै ई स १२०० तिर हाङयक्पुङ (हस्तपुयक) मा
थेवेहरू आएर बसिसकेका थिए । खोक्याहाङ मन्यङवुको समय र तिङ्दिहाङ् थेवेको समय विचार गर्दा तिङ्दिहाङ् करिव ई.स. १२०० तिर दोरुम्बा
आएर वसिसकेका थिए । १२ औं पुस्ताका योघावाहाङ् थेवेको पालामा दश सोब्बा संग सम्झौता भए पछि शान मोकुवानी तिन्दोलुङ
खोक्याहाङले सेनहाङ यक (हस्तपुयक) भागमा पाएर राज गर्न थाले । आङबुङ दोरुम्बा आएर बसेको समयमा थेवेह सेन याक्थुङ भएपनि छोडिदै
गएर थेवे शब्दको स्थापना हुदै गयो । लिम्बूहरूको जात थरको संरचना हेर्दा प्राय जसो सम्बन्धित व्याक्ति बसेको ठाँउको पहिचान
देखि जंगल विशेष र मानिसको व्यक्तिगत बानी व्यहोरा र शारीरिक बनोटको आधारमा थरहरू बनेको पाइन्छ ।
जस्तैः दोरुम्बाको सल्लाघारीमा बस्नेलाई आङ पाङभेबाट आङभाङ थर, कोक्रो हल्लाउनु बाट बनेको यङयाङ, फलामको काम
गर्नेबाट बनेको फेन्दुवा, थेगु (डाँडा) मा बस्नेलाई थेगिम, नाल्बो ठाँउमा बस्नेलाई नाल्बो र थल्लङ ठाँउमा बस्नेलाई थल्लङ आदि आदि .....
थेवेको थर स्थापना चाँही तलका कुनैपनि कारण मध्ये बाट भएको हुन सक्छ:
-
ई. १६४१ तिर उत्तरी लिम्बूवानका तमोर याङ्वारोक उत्तर पाँचथर इलाम फाकफोक र दार्जिलिङ् थुमहरू जितेर सुखिम राज्यमा
मिलाएका थिए । शेर्पा भोटे भाषामा थेवा भनेको जेठो वा ठूलो हो । संगै छिमेकी भएर गाउँमा बसेका भोटेहरूले सेनयाक्थुङ्को ठूलो
जिउडालको छोरोलाई थेवा थेवा भनेर नाम दिए होलान यसरी ठूलो डाल भएको र जेठो भई जन्मेकोले उसलाई थेवा भन्दा भन्दै थेवे भन्न
थालियो होला र पछिबाट उसका सन्तान जति सबै थेवे भएको हुन सक्छ ।
-
याक्थुङ भाषामा थेवे भनेको 'के हो ?' भनि सोधेको अर्थ लाग्छ बोलिचालि कुराकानीको अवसरमा सँधै थेवेको भन्ने बानी भएको व्याक्तिलाई थेवे थेवे भनेर
जिस्काउँदा जिस्काउँदै उसका सन्ततीलाई नै पछिबाट थेवे भनेको हुन सक्छ ।
-
याक्थुङ भाषामा "थुःपेत्" भन्नाले टुक्रुक्क बसेको तर पिधले भुई छोएको, दुवै हातले घुंडालाई फन्को मारेर चिउँडो घुंडामाथी राखेर वसेको आसन भन्ने बुझिन्छ ।
सँधै जहापनि यसै आसनमा मात्र बस्ने बानी भएको व्याक्तिलाई थुःपेन् केयुङ्बा भन्दा भन्दै थुःपेत् --> थजेपेत --> थेःपेत --> नेपे --> थेवे भनेको हुन सक्छ ।
-
मेसुलाई खर्वामा बेस्सरी खाँदेर केही दिन राखी निकालेपछि बनेको अचारलाई "थेवे" भनिन्छ भन्ने भनाई छ । यस्तो अचार मात्र मनपराएर बनाई खाने व्याक्तिलाई थेवे मात्र
खाने भनेर ठट्टा गर्दा गर्दै उसको नाम नै थेवे हुन गएर पछिवाट उसका सन्तानलाई थेवे भनिएको हुन सक्छ ।
~प्रसाद थेवे द्वारा लिखित लिम्बूको संक्षिप्त इतिहास र थेवे वंशावली बाट साभार~